१६ लाखमा अंग परिवर्तन गरेर महिला ।

झापा र थाइल्लेन्डमा गएर केही महिना अगाडी ‘सेक्स चेन्ज, अप्रेसन गरेपछि चञ्चला सुब्बा लाई अब कसैले पनि पुरुष हो भन्नै सक्दैन । विराटनगर विमान स्थ्लमा पत्रकारसंगको अचानक भेटमा सुब्बाले मुस्कुराउदै भन्नु भयो ,‘ रु १६ लाख रुपैयाँ खर्च गरेर थाइल्लेन्डमा गएर लिंग परिवर्तन गरे,।

झापाको संयोजक समेत रहनुभएकी सुब्बा तेस्रोलिंगीहरुको हकहितमा कामगर्दै आएकी सुब्बाले थाइल्लेन्डमा गएर स्तन र योनीको दुवैको अप्रेसन गरेको बताउनु भयो । चञ्चला सुब्बाका अनुसार दुवै अंग एकै चोटी शल्यक्रीया गर्दा गम्भिर हुने भएको चिकित्सवको सल्लाअनुसार पहिले स्तनको अप्रेसन गरेको बताउनु भयो ।

६ लाख रुपैयाँमा खर्चेर सुब्बाले स्तनको अप्रेसन गरेको बताउनु भयो । छातीको घाउ पुरिन थालेपछि उहाँले १० दिनपछि योनीको अप्रेसन गरेको बताउनु भयो । स्तन र योनीको दुबैको अप्रेसन सफल भएपछि नयाँ जुनि पाएको उहाँले बताउनु भयो ।

आत्मविश्वासको साथ बाच्न पाउने बल्ल भयो भन्ने भएपछि पीडा, आर्थिक सबै विर्सेको उहाँको भनाई छ ।

यो पनि,

अस्ट्रेलियाः सपनामा देखेको नम्बर प्रयोग गर्दा चिठ्ठा पर्यो

अस्ट्रेलियामा एक जना पुरुषले १३ वर्ष अगाडि सपनामा देखेको एउटा नम्बरमा चिठ्ठा हाल्दा दश लाख डलर जितेका छन् । आफ्नो पहिचान खुलाउन नचाहने ती व्यक्तिले उक्त नम्बरहरू उनले एक रात सपनामा देखेको र ती नम्बरहरूमा उनले बारम्बार चिठ्ठा खेलिरहेको बताए । उनले भने,‘मैले मेरो टिकटलाई अनलाइनमा हेरेको थिएँ र समाचार थाहा पाएँ । मलाई लागेको थियो एकदिन मैले यी नम्बरमा जित्नेछु ।’

विगतका अन्य वर्षहरूमा तिनै नम्बरमार्फत् आफूले अन्य पुरस्कारहरू पनि जितिसकेको उनले बताए । ‘ती वास्तवमै मेरा निम्ति भाग्यशाली नम्बर हुन् । त्यसैले म तिनमा चिठ्ठा खेलिरहन्छु,’ उनले भने । कुनै विजेताले आफूले सपनामा देखेको नम्बरबाट चिठ्ठा जितेको दाबी गरेको यो पहिलो घटना भने होइन । यो महिनाको सुरुमा अमेरिकामा एकजना महिलाले करिब एक लाख डलर जितेकी थिइन् । उनले सपनामा एकजना पुरुष आएर आफूलाई भाग्यशाली नम्बर बताएको जनाएकी थिइन् ।

यो पनि,

​समलिंगी पेन्गुइन बढे

आयरल्यान्डको एक चिडियाघरमा राखिएका १४ वटा पेन्गुइनमध्ये ८ वटा समलिंगी क्रियाकलापमा लागेको कुरा पत्ता लागेको छ ।

आयरल्यान्डको डिंगल ओसनपार्क्स्थित पेन्गुइनहरू गे (भाले–भालेबीच सम्बन्ध राख्ने) र लेस्बियन (पोथी–पोथीबीच सम्बन्ध राख्ने) गतिविधिमा लागेको चिडियाघरले जनाएको छ ।

चिडियाघरका कर्मचारीले भने आयरल्यान्डले सन् २०१५ मा समलिंगी विवाहलाई मान्यता दिएपछि चिडियाघरमा पनि समलिंगी पेन्गुइनको संख्या बढेको जनाएको छ ।

पेन्गुइनले भाले र पोथी मिलेर बच्चा हुर्काउने गरेकोमा त्यहाँ रहेका पोथी समलिंगी पेन्गुइनले भालेसँग संसर्ग गरेर गर्भवती हुने र पोथी–पोथी मिलेर बच्चा हुर्काउने गरेका छन ।

चिडियाघरका निर्देशक लुइस ओभरीका अनुसार अहिले उक्त चिडियाघरमा दुई जोडी भाले तथा एक जोडी पोथी समलिंगी छन ।

यो पनि,

युएइले ९ महिनाकी एक बालिकालाई जन्म प्रमाणपत्र दिन देशको कानुनमै संशोधन गर्यो

संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ ।

युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन गरेको हो । यहाँको कानुनअनुसार मुस्लिम महिलाले गैर मुस्लिम पुरुषसँग विवाह गर्न पाउँदैनन् ।

तर, ती बालिका भने हिन्दू पिता र मुस्लिम आमाकी सन्तान थिइन् । यहाँको कानुनअनुसार मुस्लिम पुरुषले भने गैर मुस्लिम महिलासँग विवाह गर्न पाउँछन् ।

खलीज टाइम्सका अनुसार बालिकाका मातापिता दुवै भारतीय हुन् ।

युएइको शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दिकीको २०१६ मा भारतको केरलमा विवाह भएको थियो ।

त्यसपछि यी दुवै शारजाहमै बस्दै आइरहेका थिए । जुलाइ २०१८ मा दम्पतीले छोरी अनाम्ता एसिलिन किरणलाई जन्म दिए । त्यसपछि भने उनीहरुलाई निकै समस्या भयो ।

किरण बाबुका अनुसार छोरीको जन्मपछि अस्पतालले पिता हिन्दू भएको भन्दै बालिकाको जन्म प्रमाणपत्र दिन अस्वीकार गर्यो ।

उनले प्रमाणपत्र पाउनको लागि अदालतमा निवेदन दिए तर ४ महिनाको सुनुवाइपछि उनको निवेदन खारेज गरियो ।

उनीहरुसँग छोरीको अस्तित्व प्रमाणित गर्ने कुनै पनि कानुनी दस्तावेज थिएन ।

जन्म प्रमाणपत्रको अभावमा बालिकाको पासपोर्ट बनाउने बाटो रोकियो र यी भारतीय दम्पती युएइ छाडेर भारत फर्कन पनि असमर्थ भए किनकि बिना पासपोर्ट बालिकालाई अर्को देश लैजान पाइँदैनथ्यो ।

युएइले २०१९ साललाई इयर अफ टोलेरेन्स (सहनशीलता वर्ष) घोषित गरेको छ ।

विभिन्न संस्कृतिमा तालमेल स्थापित गर्न सकियोस् र आपसमा स्वीकार्यता बढाउँदै सहिष्णु देश बनाउन सकियोस् भनेर यस्तो गरिएको हो ।

यही अभियान अन्तर्गत कानुनमै संशोधन गरेर बालिकालाई जन्म प्रमाण पत्र दिइएको हो ।

जन्म प्रमाणपत्र भएपछि बालिकालाई युएइइ छाडेर अन्यत्र जाने बाटो खुलेको छ ।

यो पनि,

पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध

अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी.जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ ।

अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन (एफआइबीए) ले प्रतिबन्ध गरेको छ ।

उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन (एचसीजी) को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्तो हर्मोन हो जुन पाठेघरले गर्भावस्थाका बेला निष्कासन गर्छ ।

यस्तो अचम्मको घटनाको प्रशंसा गर्नुको साटो एफआईबीएले उनले आफ्नो भनेर गर्भवती छु भनेर थाहा नभएकी महिलाको पिसाब दिएको अनुमान गरेको छ । त्यसकारण उनीहरुले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएका छन् ।

डिजेले गत वर्षको सेप्टेम्बरमा आफूले एएस मोनाकोसँगको सहकार्य समाप्त गरेको घोषणा गरेका थिए ।

युरोपियन बास्केटबल क्लबमा त्यतिबेला अत्यधिक चर्चित भएपनि उनले पारिवारिक कारणले क्लब छोड्नुपरेको बताएका थिए ।

स्लोभेनियाको मिडियाले कुपरले आफ्नी प्रेमिकाको पिसाब दिएको दाबी गरेको छ ।

त्यतिबेला यी दुईलाई उनी गर्भवती भएको थाहा नभएको बताइन्छ । एफआईबीएले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ ।

यद्यपि, कुपरले सन् २०२० को जुन २४ पछि मात्र खेल्न अनुमती पाएको पुष्टि भएको

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares