24 घण्टा फेरि मौसम बदली रहने ।

 भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्था
हाल देशको पश्चिमी भू(भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भू–भागमा आंशिक बदलि रहेको छ ।

श्रावण २७ गते (सोमबार)
दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी
देशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन/चट्याङ्गवाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू–भाग तथा पुर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला ।

यसका साथै सडक यातायातमा पहिरोरभू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares