पानीपुरि कत्तिकाे मन पर्रछ यस्तो गम्भीर समस्या हुनसक्छ, खाने बानी छ भने आजैदेखि खान छोड्नुहोस्

काठमाडौं – धेरैलाई पानी पुरी निकै मन पर्छ । कतै पानी पुरी देखेमा पनि मुखमा रस आइहाल्छ । अहिले पानी पुरी मननपर्नहरु कमै पाइन्छ । पानी पुरी पसलमा पनि पानी पुरी खानेहरुको भिड नै लाग्ने गर्छ । धेरैलाई पानी पुरी त मनपर्छ तर यसले हाम्रो स्वास्थ्यलाई कस्तो असर पर्छ भन्ने धेरैलाई थाहा छैन । पानी पुरी हामिले नियमित सेबन गरेमा हाम्रो स्वास्थ्यलाई निकै असर पर्छ ।

पानी पुरीमा पानी, आलु र बिभिन्न रङ्ग प्रयोग गरिएको हुन्छ । पानी पुरीमा प्रयोग गरिने बिभिन्न रंगले मानिसहरुलाई क्यान्सर समेत हुने सम्भावना हुन्छ । यसले हाम्रो शरिरको रोग संग लड्ने क्षमतालाई कम गर्छ । त्यस्तै पानी पुरीमा प्रयोग गरिएको आलु कुहिएका भएमा पनि हाम्रो शरिरलाई निकै असर पुर्याउछ । यदि कुहिएको आलूको प्रयोग गरिएको छ भने पेट बिग्रेर अपच हुने, ग्यास्ट्रिक र कब्जियत हुन्छ ।

पानी पुरीमा प्रयोग गरिने हरु चिज बासि भएमा र आर्टिफिसियल रङ्ग मिलाएको सामानको प्रयोग गरिएको छ भने यसले शरीरमा असर गरेर लिभरलाई ड्यामेज गर्न सक्छ । पानी पुरीमा अमिलो बनाउन प्रयोग गरिने एसिडले घाटीमा असर गर्ने गर्छ । यदि तपाईलाई ग्यास्ट्रिक र ब्लड प्रेशर छ भने पानी पुरी खानुहुदैन ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares