कृष्णबहादुर महरामाथि करणीको आरोप लगाउने महिलाले भनिन्– रक्सीको मातमा कुट्नु कुटे, अश्मिता लुटे !

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिलाको भिडियो संवाद सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन मिडियाहरुमा भाइरल बनेको छ ।

ती महिलाले सभामुख महराले आफूमाथि करणी गरेको आरोप लगाएकी छिन् । खबरहबसँग कुरा गर्दै ति महिलाले महराले आफूलाई पटक पटक फोन गर्दै अपरान्ह ६ बजेको समयमा आफ्नो रुममा आउन लागेको खबर गरेको बताएकी छिन् ।

सभामुख महराको फोनले आफू झस्किए पनि पहिलेदेखि नै चिनजान भएको र सर भन्दै आएका हुँदा योस्तो अवस्था आउला भन्ने कल्पना समेत नगरेको बताएकी छिन् ।

उनले शाही जी (पति) आएपछि आउनुहोला भनेको समेत जनाएकी छिन् । तर सभामुख महरा सोही दिन साँझ रक्सी सेवन गरेर रक्सी बोकेरै कोठामा आएको खबरहबसँग बताइन ।

उहाँ रक्सीको बोतल पनि लिएर आउनुभएको रहेछ । ल अब दशैं यही मनाउने भन्दै आफूलाई रक्सी एकै गिलासमा जबर्जस्ती खुवाउने कोशिस गरेको बताएकी छिन् ।

उनले सभामुख महराले आफ्नो रुममा २ गिलास रक्सी खानुभएको जनाएकी छिन् । त्यसपछि रक्सीले मात्तिएर आफ्नो अश्मिता लुटिएको बताएकी छिन् । आफ्नो कमजोरीको फाइदा उठाउँदै आफ्नो चरित्र लुटेको उनले बताएकी छिन् ।

त्यसोत भिडियो उनीहरुबीच पहिले नै चिनजान थियो । उनको भनाइलाई आधार मान्ने हो भने यस्तो खालको प्रयास २०४८ सालदेखि नै गर्न खोजिएको भए पनि यो घटनाले आफू विछिप्त भएको बताएकी छिन् ।

उनले २०४७ सालदेखि नै महरासँग चिनजान भएको बताएकी छिन् । श्रीमानको जागिरका कारण उनकै घरमा आफूहरु बस्ने गरेको र कतिपटक महराकी श्रीमतिको चिठी आफूले लेखिदिएको समेत जनाइन् ।

उनले आफूले यतिसम्म होला भन्ने कल्पना समेत नगरेको बताएकी छिन् । उनले खबरहबसँग भनिन्, ‘उहाँले जबर्जस्ती गर्नुभयो । मैले पुलिसलाई फोन गरेपछि कि त रहन्नस् कि म रहन्न भनेपछि हच्किनुभयो । काम सकाइसकेपछि मैले पुलिस बोलाउछु भनेपछि उहाँ निस्किनुभो । यसबीचमा आफूमाथि हातपात भयो । मैले प्रतिकार गर्न सकिन । शरीरभरी निल डाम भएका छन् ।’

सभामुख महरा निलो रंगको कारमा आउनुभएको थियो । पियसोहरु सडक भन्दा बाहिर थिए । कालो गेट भन्दा बाहिरै राखेर आफू रुमभित्र छिर्नुभएको थियो । अन्य दिनभन्दा फरक शैलीमा सोझै आफ्नो बेडरुममै पुगेको बताइन् ।

गत मसिंरमा पनि यस्तै कुराले आफ्नो श्रीमानसँगै घरायासी विवाद भएको ती महिलाले जनाएकी छिन् । महराले आफूलाई बारम्बार फोन गरेर यस्तो ‘ह्यारेस्मेन्ट’ गर्ने गरेको बताएकी छिन् ।

यता सभामुख महराको निजी सचिवालयले भने सभामुख महरालाई फसाउन रचिएको सड्यन्त्र भएको खण्डन गरेको छ ।

सचिवालयले प्रेस विज्ञप्ति जारी भनेको छ, ‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ hkhabar बाट

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप, यसो भन्छिन् पिडित महिला

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप, यसो भन्छिन् पिडित महिला

Posted by Sudur samaj on Monday, September 30, 2019

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares