जापानले खुलायो एक हजार नेपालीका लागि आवेदन, सरकारको अनुरोधमा केही थप गर्ने

काठमाडौं, १५ असाेज : जापानले पहिलो चरणमा नेपालबाट एक हजार केयरभिगरको लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्वनिर्धारित एक हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको छ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले एक हजारमात्र नेपालीलाई केयरभिगरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौँस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध छ।

जापानले नेपाललगायत ९ राष्ट्रबाट विभिन्न १४ क्षेत्रमा विदेशी कामदार हुने जनाउँदै नेपालबाट पहिलो चरणमा केयरगिभर क्षेत्रमा एक हजारभन्दा बढी युवा लैजाने जनाएको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares