‘बढी नफुर्कौं, अमेरिका र भारतसँग पनि मित्रता राख्नुपर्छ’

काठमाडौं। चिनियाँ राष्ट्रपति फर्केपछि हामीले यसबारेमा अलिकति समीक्षा गर्नुपर्छ । अतिथिलाई अपमान नहोस् भनेर हामी सबै चुप लागेका हौं । योवीचमा थुप्रै कमीकमजोरीहरु भएका छन् । हामीले यसबारेमा समीक्षा त गर्नैपर्छ ।

मेरो बुझाइ के छ भने चिनियाँ राष्ट्रपति धेरै पहिले नै नेपाल आउन सक्नुहुन्थ्यो । यो सरकार बनेको पनि दुई वर्ष भइसक्यो । योभन्दा अगाडिदेखि वहाँहरुले राष्ट्रवादको डंका पिटेको पनि चार वर्षै भइसक्यो ।

चिनियाँ राष्ट्रपति इण्डिया गएर किन आए ? मुख्य विषय यो हो । नेपालमा सीधै नआइकन मोदीसँग शिखर वार्ता गरेर अनि यता आउनुको अर्थ छ । उनीहरु नेपाल सरकारको प्लानमा आएका होइनन् । यसमा कसैले घमण्ड गरेर हुँदैन । हामीले बढी फुर्कनु पनि हुँदैन ।

मोदीलाई भेटेर नेपाल आउनुको अर्थ

चिनियाँहरु एकदमै परिपक्व छन् । हाम्रोजस्तो जटिल भूराजनीति भएको देशमा चीनजस्तो एउटा उदीयमान शक्तिले त्यत्तिकै ख्यालठट्टा गरेर लौ तिमीहरुले भनिहाल्यौ भनेजस्तो हुँदैन । हामीभन्दा उनीहरु धेरै परिपक्व छन् ।

चीनले ग्लोबल पावर भइसकेपछि अहिले जुन युरोप र अमेरिका डोमिनेटेड जुन विश्व छ, त्यससँग प्रतिस्पर्धा गर्नु छ । त्यसो गर्नका निम्ति एशियाका देशहरु र मुख्यतः उदीयमान शक्ति भारतलाई साथमा नलिएसम्म चीनको नेतृत्वमा भनिएको एशियन एक्काइशौं शताब्दीको लक्ष पूरा गर्न गाह्रो छ । यो कुरा चीनले राम्रोसँग बुझेको छ । त्यसो भएको हुनाले भारतसँग राम्रो सम्बन्ध नराखेसम्म यो सम्भव हुँदैन भन्ने स्पष्ट धारणा छ ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares