नेकपामा सभामुख बन्ने हाेडबाजि , कसकाे संभावना देखिन्छ त !

नेकपामा सभामुख बन्ने हाेडबाजि , कसकाे संभावना देखिन्छ त ! ; संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुख पदका लागि नेकपाभित्र नेताहरुबीच दौडधुप चलिरहेकाे बुझ्न सकिन्छ । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने उल्लख भएपनि सत्तारुढ दल नेकपाले सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएकोब साे त  बुझ्न सकिन्छ ।

खालि रहेको सभामुखको पदमा नेकपाले आफ्नै पार्टीबाट उम्मेद्वार खडा गर्ने तयारी गरिरहेको छ । कानुनविद्हरुले नेकपाले सभामुख दाबी गर्न नमिल्ने तर्क गरेपनि नेकपाले भने आफ्नै दलबाट उम्मेद्वार खडा गर्ने तयारी गरेको स्रोत बाट जानकारी मिलेकाे छ ।

पूर्वसभामुखसमेत रहेका नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुखमा दाबी गर्न नेकपालाई केहीले पनि नरोक्ने बताएका थिए । उपसभामुखले एमालेबाट उम्मेद्वारी दिएको र अब सभामुखमा नेकपाका तर्फबाट उम्मेद्वारी हुने भन्दै नेम्वाङले एउटै दलको उम्मेद्वार भन्न नमिल्ने तर्क गरेका थिए । कृष्णबहादुर महरा तत्कालीन माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्कालीन नेकपा एमालेबाट उम्मेद्वारी दिएका थिए ।

एमाले र माओवादी मिलेर नेकपा गठन भइसकेको अवस्थामा उपसभामुखलाई अब नेकपाको भनेर ब्याख्या गर्न नमिल्ने भन्दै नेकपाले सभामुखमा आफ्नै उम्मेद्वार खडा गर्ने तयारी गरेको हो तर संविधानमा भने सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने प्रावधान छ ।

महरा र तुम्बाहाम्फेलाई उम्मेद्वार दलहरुबीच एकता भई एउटै पार्टी बनिसकेको अवस्थामा दुई मध्ये एकजनाले संविधानको मर्म अनुसार पद छोड्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गर्दै आएको थियो । सत्तारुढ दलले भने दुवैको उम्मेद्वारी दर्ता हुँदा अलग दलमा आवद्ध रहेको जिकिर गर्दै राजीनामा दिन नपर्ने अडान राख्दै आएको थियो ।

यो विषयमा उत्पन्न विवाद सर्वोच्च अदालतमा विचाराधीन  रहेकाे छ । महराले सभामुखबाट राजीनामा दिएपछि सो पदमा फेरि पनि नेकपाले दाबी गर्ने तयारी गरेपछि विपक्षी दल कांग्रेस चिढिएको छ । अधिनायकवादतर्फ उन्मुख सरकारले राज्यका सबै अंग आफ्नो नियन्त्रणमा राख्नका लागि हरसम्भव प्रयास गर्ने भएकाले संविधानविपरीत गएर नेकपाले सभामुखमा दाबी गर्नु अनौठो नभएको कांग्रेस नेताहरू बताउँछन् ।

नेकपाले  सभामुख पद अन्य दललाई नदिने रणनीति बनाएपछि अहिले नेकपाभित्र सभामुख बन्न नेताहरुले लविङ गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सुभास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । नेम्वाङकाे नाममा अर्का अध्यक्ष प्रचण्ड पनि सकारात्मक नै रहेका छन्। नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारबारे पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास रहेकाे  छ । साभार

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares