वायु प्रदूषणले खतराको तह पार गर्दै, मर्निङ वाकमा नजान विज्ञको सुझाव

काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदूषणले खतराको तह पार गरिसकेको छ । काठमाडौंको रत्नपार्क लयायत सौराहा, नेपालगञ्ज लगायतका स्थानमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको तह पार भएको हो ।

चिसो मौसममा गर्मीको समयमाभन्दा धेरै वायु प्रदूषण हुने भएकाले जानकारहरु प्रदूषणबाट जोगिन आफैंले सतर्कता अपनाउनु पर्ने बताउँछन् । प्रदूषण धेरै हुने समयमा सकेसम्म बाहिर धेरै नहिँड्ने, मास्कको प्रयोग गरेर हिँड्ने, सकभर हिउँदभर मर्निङ वाकमा नजाने जस्ता उपाय गरी प्रदूषणबाट जोगिन सक्ने जानकारहरुको सुझाव छ ।
वायु प्रदूषणलाई भारतको राजधानी नयाँ दिल्लीसँग तुलना गर्दा त्यहाँको अवस्था निकै भयावह छ । मापदण्डको तहभन्दा १३ गुणा बढी प्रदूषण दिल्लीबासीले भोगिसकेका छन् । तर, त्यहाँको १० भागको एक भाग पनि काठमाडौंमा प्रदूषण नभएपनि यहाँ जोखिम भने बढी छ । यसको कारण हो दिल्लीको हावामा मिसिने प्रदूषणको तुलनामा काठमाडौंको हावामा मिसिने प्रदूषण बढी खतरनाक हुन्छ ।

दिल्ली, हरियाणा जस्ता ठाउँमा धान काटेसँगै सुकेको पराल जलाउने गरिन्छ । यस्तो हुँदा प्रचुरमात्रामा धुलो वायुमण्डलमा मिसिएको कारण वायु प्रदूषित हुनेगर्छ । दिल्लीको हावामा धुवा धेरै मिसिएको कारण धेरै टाढाको दृष्य पनि देख्न सकिँदैन । तर, काठमाडौंको हावामा त्यस्तो धुलो नभएर ईटाभट्टाको धुवाँ, सवारी साधनबाट कार्वन उत्सर्जन गरी निस्किएको धुवाँ आदि मिसिने भएकोले यो स्वास्थ्यको लागि बढी हानिकारक हुन्छ ।

विश्व स्वास्थ्य संगठनले देशका विभिन्न स्थानहरुमा हावाको गुणस्तरको मापदण्ड तय गरेको छ । यसमध्ये काठमाडौंमा १० माईक्रोग्राम प्रतिघनमिटरसम्मको अवस्थालाई सामान्य मान्ने गरिन्छ । संगठनको मापदण्ड अनुसार एक नाइट्रोनभन्दा साना धुलाका कण भएको हावालाई पिएम १ भनेर चिनाउने गरिन्छ । पार्टिकुलेट म्याटर २.५ युक्त हावा ४० माईक्रोग्राम प्रतिघनमिटरभन्दा धेरै हुन नहुने गरी संगठनले मापदण्ड तोकेको छ । तर, तिहारपछि हरेक दिन काठमाडौंको वायुप्रदूषणले मापदण्ड नाघेको छ ।

हिउँदमा ‘मर्निङ वाक’मा जानु घातक
वातावरण स्वास्थ्य सम्बन्धी जानकारहरु काठमाडौंको समयमा ‘मर्निङ वाक’मा निस्कनु स्वास्थ्यको लागि हानिकारक हुने बताउँछन् । काठमाडौंको भौगोलिक अवस्था र प्रदूषणका कारण जाडो मौसममा मर्निङवाकमा जाँदा प्रदूषित हावाका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरु निम्तिने चेतावनी उनीहरुले दिएका छन् ।

वातावरण स्वास्थ्य विज्ञ डा यादवप्रसाद जोशी काठमाडौंमा जाडो महिनाभर बिहान नहिँड्न सुझाव दिन्छन् । उपत्यकामा हिँड्नको लागि बिहानभन्दा दिउँसोको समय उपयुक्त रहेको उनको बुझाई छ । जोशीका अनुसार भौगोलिक अवस्था र मौसमका कारण काठमाडौंमा धेरै हावा बहँदैन । हावा तातो भएपछि मात्रै त्यो उडेर चिसो हावाले वायुमण्डल ढाक्ने हो । तर, काठमाडौंको मौसम जाडो महिनामा बिहान एकदमै धेरै चिसो हुने गरेकोले हावा तात्न नपाएर प्रदूषित हावा नै वायुमण्डलमा बस्छ ।

पहिलेका राजा रजौटाहरु पनि दिउँसो मात्रै टहलिने गरेको स्मरण गर्दै उनी भन्छन् ‘बरु दिउँसोको समय काठमाडौंमा हिँड्नको लागि उपयुक्त छ । तर, मर्निङ वाक गर्नु भनेको चिसो मौसममा रोगहरुलाई निम्त्याउनु मात्रै हो । उनले काठमाडौंमा दिउँसो तातेको प्रदूषित हावा भोटेकोशीको किनारा तिर जाने गरेको बताए

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

shares